त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले स्वास्थ्य समस्याका कारण राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री तथा त्रिवि कुलपतिलाई सम्बोधन गर्दै राजीनामापत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका छन्, तर राजीनामा स्वीकृत भएको छैन।
बराललाई २०७९ फागुन १० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले उपकुलपतिमा नियुक्त गरेको थियो। राजीनामा बुझाएपछि उनी पोखरा फर्किएको जनाइएको छ।
केही दिनअघि बरालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर राजीनामा दिने तयारी गरिरहेको बताएका थिए। शनिबार नेपाल राष्ट्रिय प्राध्यापक संगठनको कार्यक्रममा प्रचण्डले आफूले बराललाई पदमा बसिरहन आग्रह गरेको तर उनले नबस्ने निर्णय लिएको खुलासा गरेका थिए।













प्रतिकृया