गभर्नरले बैंकका अध्यक्ष र सीईओहरूलाई छुट्टाछुट्टै बैठकमा किन बोलाए ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १३ गते
गभर्नरले बैंकका अध्यक्ष र सीईओहरूलाई छुट्टाछुट्टै बैठकमा किन बोलाए ?

वाफिया संशोधन विधेयक, मौद्रिक नीति र दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिसम्बन्धी विषयमा छलफल गर्न नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वाणिज्य बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई छुट्टाछुट्टै बैठकमा बोलाएका छन्।

गभर्नर कार्यालयद्वारा आयोजित छलफल दुई चरणमा हुँदैछ। मंगलबार काठमाडौंको मेरियट होटलमा सीईओहरूसँग छलफल हुनेछ भने बुधबार सोल्टी होटलमा बैंक सञ्चालक समितिका अध्यक्षहरूसँग बैठक तय गरिएको छ।

गभर्नर पौडेलले यी छलफलहरूमा तीन मुख्य विषयमा विचार–विमर्श गर्न लागेका हुन्। पहिलो, चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिबारे छलफल हुनेछ। दोस्रो, दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिसम्बन्धी विषयमा राय लिइनेछ। तेस्रो, हाल प्रतिनिधिसभाको अर्थ समितिमा छलफलरत बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) मा प्रस्तावित संशोधनका विषयमा पनि विस्तृत छलफल हुनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स