SHAREHUBSHAREHUB

सरकारले मधेश प्रदेशलाई किन गर्यो संकटग्रस्त क्षेत्र घोषणा ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ७ गते
AdvertisementAds
सरकारले मधेश प्रदेशलाई किन गर्यो संकटग्रस्त क्षेत्र घोषणा ?
AdvertisementAds

सरकारले मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनअनुसार यस्तो निर्णय गरेको हो। यसअघि असार २६ गते मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।

तराई मधेशमा मनसुन ढिलो भित्रिएकाले किसानहरूले धान रोप्न पाएका छैनन्, र रोपिएको खेतसमेत पानीको अभावले चिरा परेको छ। इनार र ट्युबेल सुकेका छन् भने खानेपानी र सिंचाइमा गम्भीर असर परेको छ। हालसम्म मधेशको ४६% मात्र क्षेत्रफलमा धान रोपाइँ भएको कृषि विभागको तथ्यांक छ।

सुक्खाको समस्या समाधान गर्न गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ भने कृषि मन्त्रालयले तत्कालीन र दीर्घकालीन समाधान खोज्न अध्ययन टोली पठाउने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स