सुपर मादी हाईड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा १५.२७ प्रतिशतले बढेर १३ करोड ९५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
आम्दानी घटेपनि वित्त खर्चमा आएको उल्लेख्य कमीका कारण नाफामा वृद्धि भएको हो।
चौथो त्रैमाससम्ममा सुपर मादी हाईड्रोपावरको विद्युत बिक्रीबाट हुने आम्दानी ११.०१ प्रतिशतले घटेर १ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको छ। यता, वित्त खर्च ७४ करोड १२ लाखबाट घटेर ५५ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ भने रिजर्भ २०.८४ प्रतिशतले बढेर १६ करोड ८२ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५७ पैसाले बढेर ६.३३ रुपैयाँ पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १०७.६३ रुपैयाँ र तरलता अनुपात १.१८ गुणा रहेको छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।



















प्रतिकृया