मेरो माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ७२ हजार ३७२ कित्ता सेयर बिक्रीमा ल्याएको छ। यस सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता रु ३२०, ३२५ र ३४० तोकिएको छ। इच्छुक संस्थापक सेयरधनीहरूले सेयर खरिद गर्दा तोकिएको मूल्य वा सोभन्दा बढीमा कबोल गर्नुपर्नेछ।
आवेदन दिन इच्छुक संस्थापकले असार ६ गतेदेखि ३५ दिनभित्र कम्पनीको सीतापाइला, काठमाडौंस्थित कार्यालयमा आवश्यक कागजातसहित निवेदन दिन सक्नेछन्। यदि तोकिएको अवधिमा संस्थापक समूहबाट आवेदन नपरेमा, कम्पनीले ती सेयर अन्य व्यक्ति वा संस्थालाई खुला रूपमा बिक्री गर्ने जनाएको छ।