आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले ७९ हजार ६४८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले प्रति कित्ता न्यूनतम २५० रुपैयाँको मूल्य तोकेको छ। राष्ट्र बैंकको नियमअनुसार हालका संस्थापक सेयरधनीहरूले मात्र यसमा आवेदन दिन सक्नेछन्।
यदि तोकिएको समयभित्र संस्थापकहरूबाट आवेदन नआएमा वा सम्पूर्ण सेयर बिक्री नभएमा कम्पनीले सर्वसाधारणका लागि पनि बिक्री खुला गर्न सक्नेछ। इच्छुक संस्थापक सेयरधनीहरूले आफूले खरीद गर्न चाहेको सेयर संख्या र मूल्य उल्लेख गरी बनेपा–१३, साँगास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया