दुई लघुवित्त कम्पनीको संस्थापक सेयर विक्रीमा, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १ गते
दुई लघुवित्त कम्पनीको संस्थापक सेयर विक्रीमा, कहाँबाट दिने आवेदन ?

बिहीवार दुई लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर विक्रीमा आएको छ। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ६२ हजार कित्ता र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको ८४ हजार ६५ कित्ता संस्थापक सेयर विक्रीका लागि सार्वजनिक गरिएको हो।

यी सेयरहरू हालका संस्थापक सेयरधनीहरूलाई प्राथमिकतामा राखेर विक्री गरिनेछ। इच्छुक संस्थापकहरूलाई ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

फरवार्ड माइक्रोफाइनान्सको सेयर खरीदका लागि एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंमा आवेदन दिन सकिनेछ। स्वावलम्बन लघुवित्तको सेयर खरीदका लागि भने कम्पनीको केन्द्रिय कार्यालय कमलपोखरी, काठमाडौंमा आवेदन दिनुपर्नेछ।

स्वावलम्बन लघुवित्तले प्रतिकित्ता ४२५ रुपैयाँ मूल्य निर्धारण गरेको छ। पहिलो चरणमा विद्यमान संस्थापकहरूबाट आवेदन नआएमा दोस्रो चरणमा अन्य व्यक्ति वा संस्थाहरूमाझ सेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स