सांग्रिला डेभलपमेन्ट बैंकले सर्वसाधारणका लागि संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
सेयर खरिदका लागि सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सकिनेछ। यसमा कम्पनी, व्यक्ति वा संघ संस्था जोसुकैले आवेदन दिन सक्छन्। यसअघि बैंकले संस्थापक सेयरधनीहरूको लागि ३५ दिनको सूचना जारी गरी बिक्रीमा राखेको थियो, तर कुनै आवेदन नपरेकाले अब सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो।
लगानीकर्ताले इच्छाएको सेयर संख्या र दर उल्लेख गर्दै काठमाण्डौ, बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया