युनिक नेपाल लघुवित्तको कहिले बस्दैछ साधारणसभा ?

युनिक नेपाल लघुवित्तको कहिले बस्दैछ साधारणसभा ?

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको भोलि पुस १० गते छैठौं वार्षिक साधारणसभा बस्ने भएको छ । सभा बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजामा बिहान १० बजेदेखि शुरू हुनेछ।

सभामा भविष्यमा अन्य कुनै लघुवित्तसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गरिनेछ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने निर्णय गरिसकेको छ।

त्यसैगरी, गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ। सभा प्रयोजनका लागि लघुवित्तले पुस २ गते बुक क्लोज गरिसकेकाले पुस १ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स