आइपीओ बाँडफाँट भईसकेको दुई माइक्रो इन्स्योरेन्स कम्पनीको नेप्सेमा ओपनिङ रेन्ज कति?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ७ गते
आइपीओ बाँडफाँट भईसकेको दुई माइक्रो इन्स्योरेन्स कम्पनीको नेप्सेमा ओपनिङ रेन्ज कति?
AdvertisementAds

आइपीओ   बाँडफाँट भइसकेका दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लागि ओपनिङ रेन्ज तोकिसकेको छ। नेप्सेमा दुई कम्पनीको ओपनिङ रेन्ज नेपाल माइक्रो इन्स्योरेन्सको १००.८० रुपैयाँदेखि ३०२.४० रुपैयाँसम्म रहेको छ भने क्रेष्ट माइक्रो लाइफको  १००.८६ रुपैयाँदेखि ३०२.५८ रुपैयाँसम्म निर्धारण गरिएको छ। नेप्सेमा पहिलो कारोबारका लागि कम्पनीको अडिटेड प्रतिसेयर नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज तोकिने गर्छ। यसै आधारमा यी कम्पनीहरुको ओपनिङ रेन्ज निर्धारण गरिएको हो।

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् । त्यस्तै,  क्रेष्ट माइक्रो लाइफको कम्पनीको भने आइपीओ १ लाख ८४ हजार ५०० जना आवेदकले १० कित्ताका दरले पाएका छन्। दुई कम्पनीको सर्वसाधारणतर्फ २२ लाख ५० हजार कित्ता रहेको छ। सोहि सेयर अब नेप्सेमा सुचिकृत भएसंगै बजारमा कारोबार हुनेछ।

यसअघि माइक्रो इन्स्योरेन्स सेक्टरकै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले नेप्सेमा सूचीकरण पछि उत्कृष्ट प्रदर्शन गरेको थियो। कम्पनीको सेयर मूल्य लगत्तै सकारात्मक सर्किट लाग्दै २ हजार रुपैयाँसम्म पुगेको थियो। सोहि कारण लगानीकर्ताहरुको माइक्रोइन्स्योरेन्स कम्पनीहरु प्रति उत्साह बढेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स