कालिका लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा १११.६७ प्रतिशतले बढेर ६ करोड ८० लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड २१ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी ४८.७१ प्रतिशतले बढेर २६ करोड ८१ लाख ३१ हजार रुपैयाँमा आएको छ भने सञ्चालन आम्दानी १११.४३ प्रतिशतले बढेर ९ करोड ७० लाख ३७ हजार रुपैयाँमा पुगेको छ।
खराब कर्जा अनुपात ०.३१ प्रतिशतले बढेर ५.२७ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमा लघुवित्तले ४ अर्ब २५ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गर्दा २ अर्ब ६६ करोड रुपैया सापटी लिएर ४ अर्ब ६८ करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
लघुवित्तको चुक्ता पूँजी ४० करोड ७६ लाख ९२ हजार रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ३ करोड ६८ लाख रुपैयाँ रहेको छ र जगेडा कोषमा २७ करोड ३२ लाख रुपैयाँ सञ्चित छ।
लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) १० रुपैयाँ ७४ पैसाले बढेर २२ रुपैयाँ २४ पैसा मा पुगेको छ। यस्तै प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ५९ पैसा रहेको छ।
अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया