एनसेलको चिफ बिजनेस अफिसर बन्ने अवसर, योग्यता कति चाहिन्छ ?

एनसेलको चिफ बिजनेस अफिसर बन्ने अवसर, योग्यता कति चाहिन्छ ?

एनसेलले चिफ बिजनेस अफिसर (CBO) पदका लागि योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको छ।

आवेदकले बिजनेस एड्मिनिष्ट्रेसन र इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुनुपर्छ र सूचना प्रविधि क्षेत्र अन्तर्गत सोलुसन एन्ड प्रडक्ट डेभलपमेन्ट र मार्केटिङमा २० वर्षको अनुभवसँगै उच्च नेतृत्व तहमा कम्तीमा १० वर्षको अनुभव आवश्यक छ।

चिफ बिजनेस अफिसरको जिम्मेवारीमा कम्पनीको समग्र उद्यम र व्यापार रणनीतिमा निर्देशन दिनु, व्यवसायदेखि व्यवसाय (B2B) सञ्चालनहरूको नेतृत्व गर्नु, फिनटेक उत्पादनहरूको निरीक्षण गर्नु र कम्पनीको आम्दानी र ग्राहकसँगको सम्बन्ध वृद्धि गर्नु पर्छ।

यसैगरी, ठूला कर्पोरेट ग्राहक, सरकारी एजेन्सी र अन्य व्यापारिक ग्राहकहरूसँग रणनीतिक साझेदारी निर्माणमा पनि यो पदको महत्त्वपूर्ण भूमिका हुनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स