SHAREHUBSHAREHUB

श्रमिकलाई न्युनतम भन्दा कम तलब दिएर काम लगाए कारबाही गर्छौं: प्रधानमन्त्री ओली

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २० गते
AdvertisementAds
श्रमिकलाई न्युनतम भन्दा कम तलब दिएर काम लगाए कारबाही गर्छौं: प्रधानमन्त्री ओली
AdvertisementAds

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्युनतम भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका छन् ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नर्सहरुले पनि न्यूनतम् तलव पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि  बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन पाइँदैन भने ।

उनले श्रमिकको मन प्रसन्न नभइ काम अघि बढ्न नसक्ने र सरकार, रोजगारदाता र श्रमिक बीच संवादबाट समाधान खोज्नुपर्ने महत्त्व बताएका छन्। ओलीले समाजमा विभाजन गर्ने प्रवृत्तिलाई चिर्नुपर्ने र विकासमा ध्यान केन्द्रित गर्नुपर्ने जोड दिएका छन्।

उनले हिमालदेखि समुद्रसम्मको सुरक्षा र श्रमिक अधिकारको संरक्षणमा विश्व समुदायसँग सहकार्य गर्न आग्रह गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स