insta insta

विजय लघुवित्तको एफपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

विजय लघुवित्तको एफपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?
Advertisement Ads

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ। बाँडफाँड लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सम्पन्न भएको हो।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४,६६,८१७ कित्ता एफपीओ निष्काशन गरेको थियो। यस निष्काशनमा २१ लाख ९९ हजार २६ जनाले २ करोड ५० लाख ४१ हजार कित्ताका लागि आवेदन दिएका थिए। तीमध्ये २१ लाख ९६ हजार ३४ जनाको आवेदन स्वीकृत भए भने बाँकी आवेदन रद्द गरिएको छ।

मागभन्दा बढी आवेदन परेकाले, गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको थियो। यस क्रममा ४६,६८१ जनाले १० कित्ताका दरले शेयर पाएका छन्। बाँकी रहेको ७ कित्ता सेयर सोही लगानीकर्तामा बाँडफाँड गर्दा ७ जनाले थप १ कित्ता, अर्थात् कुल ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

कसरी हेर्ने एफपीओको नतिजा ?

1. एनएमबि क्यापिटल

2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल

3. मेरो सेयर एकाउन्ट बाट

आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।

616124510 768537486282625 1042035256400836023 n e1768881070627 https://bajarkochirfar.com/vijay-laghubittas-fpo-allotment-completed-how-to-view-the-results | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स