विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि स्थायी कर्मचारी माग गरेको छ। कम्पनीले वरिष्ठ अधिकृत (विभागीय प्रमुख) आठौं तह र अधिकृत सातौं तहका पदमा आवेदन खुलाएको छ। पदअनुसार विभागीय प्रमुख, अनुगमन, तालिम, मानव संसाधन र वित्तका लागि प्रत्येकमा एक–एक जना गरी कुल ६ जनाका लागि आवेदन लिन लागेको हो।
इच्छुक उम्मेदवारले तोकिएको योग्यता अनुसार आगामी १५ दिनभित्र अनलाइनमार्फत आवेदन दिनुपर्नेछ। कर्मचारीको छनोट परीक्षा प्रस्तुतिकरण र अन्तर्वार्ताका माध्यमबाट हुनेछ। परीक्षण अवधि कम्तीमा ६ महिना हुनेछ र तलब सुविधा संस्थाको नियमअनुसार प्रदान गरिनेछ। कर्मचारीले काभ्रेपलाञ्चोक, धुलिखेलस्थित केन्द्रीय कार्यालयमा काम गर्नु पर्नेछ।


प्रतिकृया