हकप्रद प्रस्ताव पारित गर्न अपर हेवाखोलाको विशेष साधारणसभा आज बस्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २२ गते
हकप्रद प्रस्ताव पारित गर्न अपर हेवाखोलाको विशेष साधारणसभा आज बस्दै
AdvertisementAds

अपर हेवाखोला हाइड्रोपावरको विशेष साधारणसभा आज बिहान ११ बजे अनामनगरस्थित युनियन हाउसमा बस्नेछ।

सभाको मुख्य एजेन्डा हाल कायम ५० करोड रुपैयाँ चुक्ता पूँजीको १ः१ अनुपातमा साधारण सेयरको हकप्रद निष्काशन प्रस्ताव पारित गर्नु हुनेछ।

यससँगै, हकप्रद सेयर जारीपछि कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजीमा वृद्धि हुने भएकाले, प्रबन्धपत्रका सम्बन्धित दफाहरू संशोधन गर्ने र सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

सभा प्रयोजनका लागि कम्पनीले चैत १४ गते एक दिनको लागि बुक क्लोज गरेको थियो। सो अनुसार, चैत १३ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स