अपर हेवाखोला हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ८ गते
अपर हेवाखोला हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन निर्णय गरेको हो । हकप्रद जारी प्रस्ताव विद्युत् नियमन आयोजबाट पारित भएपछि थप प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

कम्पनीले १५ मेगावाट क्षमताको सिसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्न र ८.५ मेगावाटको अपर हेवाखोला साना जलविद्युत आयोजना निर्माण गर्दा लागेको ऋण तिर्नका लागि हकप्रद निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ५० करोड छ। हकप्रदपछि पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स