अपर हेवाखोला हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने



Advertisement
Ads

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन निर्णय गरेको हो । हकप्रद जारी प्रस्ताव विद्युत् नियमन आयोजबाट पारित भएपछि थप प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

कम्पनीले १५ मेगावाट क्षमताको सिसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्न र ८.५ मेगावाटको अपर हेवाखोला साना जलविद्युत आयोजना निर्माण गर्दा लागेको ऋण तिर्नका लागि हकप्रद निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ५० करोड छ। हकप्रदपछि पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ।


Advertisement

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर