हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहित अपर हेवाखोला हाइड्रोपावरले बोलायो साधारण सभा

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ४ गते
हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहित अपर हेवाखोला हाइड्रोपावरले बोलायो साधारण सभा
AdvertisementAds

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले आगामी चैत्र २२ गते विशेष साधारणसभा बोलाएको छ।  कम्पनीको चैत्र ३ गते बसेको सञ्चालक समितिको बैठकले युनियन हाउस अनामनगर, काठमाडौंमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।

सभामा हाल कायम चुक्ता पुँजी ५० करोडको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश गरिनेछ। कम्पनीले मातृभूमि हाइड्रोपावरले विकास गरिरहेको १५ मेगावाट क्षमताको सिसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्न र अपर हेवाखोला साना जलविद्युत आयोजना ( ८.५ मे.वा) को निर्माण गर्दा बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण घटाउनको लागि हकप्रद निष्काशन गर्ने जनाएको छ ।

हकप्रद निष्काशनपछि कम्पनीको जारी तथा चुक्ता पूँजी बढ्ने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गरिनेछ। यस्तै, नियामक निकायबाट थप कुनै परिमार्जन, संशोधन वा फेरबदल गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुनेछ। साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १४ गते बुक क्लोज गर्ने भएको छ। जस अनुसार, चैत्र १३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स