नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संघीय राष्ट्रको प्रत्येक पालिकामा बैंक पुर्याउने लक्ष्य सफलतापूर्वक पुरा भएको बताएका छन्। सोमबार एभरेष्ट बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशको बझाङको साईपाल गाउँपालिकामा आफ्नो १२९औं शाखा उद्घाटन गरेको हो। यस शाखा सञ्चालनमा आएपछि साईपाल गाउँपालिका लगायतका दुर्गम क्षेत्रका बासिन्दालाई बैंकिङ सेवा पहुँचमा आउनेछन्।
गभर्नर अधिकारीले यस शाखा उद्घाटनको महत्त्व औंल्याउँदै समग्र आर्थिक क्रियाकलापमा वृद्धि हुने विश्वास व्यक्त गरे। एभरेष्ट बैंकको १३१ शाखा, १६७ एटीएम र ३२ संकलन केन्द्रमार्फत नेपाल सरकारको राजस्व संकलनमा सहयोग गर्दै, भारत र अन्य मुलुकमा पनि प्रतिनिधि कार्यालयहरू स्थापना गरेको छ।










![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया