युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४.२८५७ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी दुई अर्ब ३१ करोड रुपैयाँ रहेको छ। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।


प्रतिकृया