युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा १२.७८ प्रतिशतले घटेर ३ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी ०.१४ प्रतिशतले बढेर १७ करोड २७ लाख रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी ९.१८ प्रतिशतले घटेर २० करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ। इम्पेयरमेन्ट
चार्ज ८ करोड १ लाख रुपैयाँबाट घटेर ४ करोड ७५ लाख रुपैयाँमा आएको छ।
खराब कर्जा अनुपात ४.४७ प्रतिशत बिन्दुले बढेर १५.५२ प्रतिशत पुगेको छ।
चुक्ता पूँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ रहेको लघुवित्तको वितरणयोग्य नाफा ६ करोड ३१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १९ करोड ११ लाख रुपैयाँ सञ्चित छ।
लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) ४.४१ रुपैयाँले घटेर ३०.०८ रुपैयाँमा आएको छ। यस्तै प्रतिसेयर नेटवर्थ २६४.९७ रुपैयाँ रहेको छ।
















प्रतिकृया