बजेट प्रस्तुत गर्ने दिन र गणतन्त्र दिवस छुट्टाछुट्टै राख्नुपर्ने एमालेको सुझाव



Advertisement
Ads

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बजेट प्रस्तुत गर्ने दिन सार्नुपर्ने सुझाव दिएका छन्। बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिक दलबीच सहमति भए संविधान संशोधन गरी बजेट प्रस्तुत गर्ने मिति परिवर्तन गर्ने पार्टीको सोच रहेको जानकारी दिए।

उनले भने, “यदि राजनीतिक दलबीच सहमति भयो भने संविधानमा संशोधन गरी गणतन्त्र दिवसलाई विशेष समारोहको रूपमा मनाउँदै बजेट प्रस्तुत गर्ने दिन फरक मितिमा सार्नु उपयुक्त हुनेछ।”


Advertisement

पार्टी महासचिव पोखरेलले लोकतन्त्रको उच्चतम रूप गणतन्त्र रहेको उल्लेख गर्दै, त्यो दिनलाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नभएको पनि बताएका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर