नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बजेट प्रस्तुत गर्ने दिन सार्नुपर्ने सुझाव दिएका छन्। बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिक दलबीच सहमति भए संविधान संशोधन गरी बजेट प्रस्तुत गर्ने मिति परिवर्तन गर्ने पार्टीको सोच रहेको जानकारी दिए।
उनले भने, “यदि राजनीतिक दलबीच सहमति भयो भने संविधानमा संशोधन गरी गणतन्त्र दिवसलाई विशेष समारोहको रूपमा मनाउँदै बजेट प्रस्तुत गर्ने दिन फरक मितिमा सार्नु उपयुक्त हुनेछ।”
पार्टी महासचिव पोखरेलले लोकतन्त्रको उच्चतम रूप गणतन्त्र रहेको उल्लेख गर्दै, त्यो दिनलाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नभएको पनि बताएका छन्।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया