नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार, ११औँ महाधिवेशनपछि आज बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बैठक सुरु हुनेछ।
एक नेताका अनुसार, बैठक आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पुस १३ र १४ गतेसम्म समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले बोलाइएको हो। बैठकमा उम्मेदवारको सूचीबारे छलफल हुने र आवश्यक निर्णयहरू गरिने बताइएको छ।
अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले आकांक्षीहरूको नाम संकलन गरी सर्टलिस्ट तयार पारेका छन्। बैठकमा नेताहरूको कार्य विभाजन तथा अन्य आन्तरिक विषयहरूमा पनि छलफल र निर्णय हुन सक्ने नेताको भनाइ छ।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया