सपोर्ट लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्सले वितरण गरेको बोनस सेयर सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरिदिएको छ। सपोर्ट लघुवित्तले मंसिर १४ गतेसम्म अभौतिकीकरण गरिसकेका सेयरधनीहरूका लागि १३.७७५ प्रतिशत बोनस सेयर खातामा पठाएको हो । त्यस्तै, मंसिर १४ पछि डिम्याट गर्ने सेयरधनीहरूका लागि पनि बोनस सेयर पठाउने तयारी भइरहेको कम्पनीले जनाएको छ।
त्यस्तै, मेरो माइक्रोफाइनान्सले पुस १९ गतेसम्म सेयर अभौतिकीकरण गरिसकेका सेयरधनीहरूको खातामा ७.५ प्रतिशत बोनस सेयर पठाएको हो । पुस १९ गतेपछि डिम्याट गर्नेहरूका लागि पनि बोनस पठाउने तयारी भइरहेको छ। सो मितिपश्चात अभौतिकीकरण गराएकाको हकमा भने क्रमशः जम्मा गरिने जनाइएको छ ।
हालसम्म अभौतिकीकरण नगरेका सेयरधनीहरूले बोनस सेयर पाउनका लागि सेयर अभौतिकीकरण गर्नुपर्नेछ। अभौतिकीकरण प्रक्रिया पूरा गरेपछि मात्र बोनस सेयर हितग्राही खातामा पठाइनेछ।









![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया