नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको सेयरमूल्यमा समायोजन भएको छ । बिहीबार साहस ऊर्जा लिमिटेड र सोल्टी होटल लिमिटेडको बोनस सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेमा साहस ऊर्जा लिमिटेडको २१ प्रतिशत बोनस सेयर प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बिहीबार अन्तिम कारोबार मूल्य ६७२ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ५५५.३७ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

नेप्सेमा फरवार्ड सोल्टी होटल लिमिटेडको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बिहीबार अन्तिम कारोबार मूल्य ५४६ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ४७४.७८ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।


प्रतिकृया