सांसद छिरिङ ल्हामुको प्रधानमन्त्रीलाई प्रश्न: “अर्थतन्त्र ढलेकै छ, तर दलालहरू झन् बलियो भए”
प्रतिनिधिसभाको आजको बैठकमासुन्य समयमा बोल्दै सांसद छिरिङ ल्हामु लामाले प्रधानमन्त्रीको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेकी छन्। उनले प्रधानमन्त्रीले कम्बोडियामा लगानीसँग सम्बन्धित विवादमा संसदलाई जिम्मेवार ढंगले जानकारी दिनुको सट्टा हल्का प्रस्तुतिका माध्यमबाट पन्छिन खोजेको आरोप लगाइन्।
लामाले भनिन्, “प्रधानमन्त्रीज्यू, हो, देशको अर्थतन्त्र ढलेकै छ, जनता ढलेकै छन्, तर बिचौलिया र दलालहरू झन् बलियो भएर उठेकै छन्।” उनले बाँसबारी जुत्ता कारखानाको जग्गा प्रकरणमा सरकारको भूमिकामाथि प्रश्न उठाउँदै भनिन्, भ्रष्टाचारीको मुख हेर्दैन भन्ने प्रधानमन्त्री स्वयं नै हुनुहुन्छ। तर राज्यलाई हानी पुर्याएका व्यक्तिसँग जग्गा दान माग्दै हिँड्ने कम्युनिष्ट पार्टीका अध्यक्ष यो व्यवहार कस्तो पूँजीवाद हो?सांसद लामाले प्रधानमन्त्रीलाई संसदमा प्रत्यक्ष जिम्मेवारी बहन गर्दै स्पष्ट र तथ्यपरक जवाफ दिन आग्रह गरिन्।