instainsta

ट्रम्पले गरे भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १९ गते
ट्रम्पले गरे भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा
AdvertisementAds

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन्। बीबीसीका अनुसार, सम्झौता अन्तर्गत अमेरिकाले अब भियतनामबाट आयात गरिने सामानहरूमा २० प्रतिशत मात्र कर लगाउनेछ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भियतनामले भने अमेरिकी सामानहरूमा कुनै पनि शुल्क नलगाउने बताएका छन्।

यसअघि अमेरिकाले भियतनामबाट आयात हुने सामानमा ४६ प्रतिशत शुल्क लगाउने तयारी गरेको थियो, जुन जुलाईको दोस्रो हप्तादेखि लागू हुने भनिएको थियो।

हाल युरोपेली संघ, जापानलगायत दर्जनौं देशहरू अमेरिकासँग शुल्क नलाग्ने गरी व्यापार सम्झौता गर्न सक्रिय रूपमा प्रयासरत छन्, ताकि प्रस्तावित अमेरिकी करबाट जोगिन सकून्।

(एजेन्सीहरुको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स