बलेफी हाइड्रोपावर लिमिटेडको १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर खरिद गर्ने भोलि(फागुन १९ गते) अन्तिम दिन रहेको छ। जसमा कम्पनीले संस्थापक समूहको ६ लाख ७६ हजार १९१, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ र सर्वसाधारण समूहको लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता सेयर रहेको छ । कम्पनीका अनुसार लकइन अवधि आगामी चैत २९ गते सकिनेछ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ। यो लिलामी सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले मंसिर २७ देखि पुस १७ गतेसम्म १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।
बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय एनआइएमबी एस क्यापिटल लाजिम्पाट काठमाडौं, चिप्लेढुँगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर विरगञ्ज र गोल्छाचोक बिराटनगरबाट आवेदन दिन सकिनेछ।


















प्रतिकृया