दोर्दी खोला जलविद्युत कम्पनीको अवितरित हकप्रद सेयर लिलामीमा आवेदन दिने भोलि (जेठ १९ गते) अन्तिम दिन रहेको छ। कम्पनीले बिक्रि नभएको १९ लाख ४६ हजार ६७६ कित्ता अवितरित हकप्रद सेयर सर्वसाधारणले किन्न सक्ने गरी लिलामीमा राखेको थियो। जसमा संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहको १ लाख ६५ हजार ९५६ कित्ता सेयर रहेको छ । यी दुवै समूहको लकइन असार ७ गते सकिँदैछ। त्यसैगरी सर्वसाधारण समूहकै लकइनमा नरहेको ४ लाख ९५ हजार ६७९ कित्ता सेयर पनि लिलामी बिक्रीमा ल्याइएको हो ।
यो सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। यस सेयर निष्काशनको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। इच्छुक व्यक्ति, कम्पनी, संघ वा संस्थाहरूले गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सक्नेछन्। बोलपत्र कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल नक्सालस्थित कार्यालय, सानिमा बैंकका विभिन्न शाखा कार्यालयहरू तथा गरिमा विकास बैंक लिमिटेडको बागलुङ शाखामा बुझाउनुपर्नेछ ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया