insta insta

आज संघीय संसदका तीन समितिको बैठक सिंहदरबारमा बस्दै

आज संघीय संसदका तीन समितिको बैठक सिंहदरबारमा बस्दै
Advertisement Ads

संघीय संसदका तीन समितिको बैठक आज सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ। संघीय संसद सचिवालयका अनुसार राज्य व्यवस्था समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, र विधायन व्यवस्थापन समितिका बैठक हुनेछन्।

राज्य व्यवस्था समितिको बैठक दिउँसो १ बजे सुरु हुनेछ। बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन, र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संशोधन प्रस्तावकर्तासँग सांसदहरूले छलफल गर्ने कार्यक्रम रहेको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे सुरु हुनेछ। यस बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ।

विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो २:३० बजे सुरु हुने छ। यस बैठकमा नेपाल लेजिस्लेटिभ एकेडेमीसँग छलफल हुने कार्यक्रम छ।

तीनवटै बैठक महत्वपूर्ण विधेयक र विषयमाथि छलफल गर्नका लागि निर्धारण गरिएको छ।

newskarkahna news789110 https://bajarkochirfar.com/today-the-meeting-of-the-three-committees-of-the-federal-parliament-is-sitting-at-the-singha-darbar | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स