खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरेको १०० प्रतिशत हकप्रद सेयरमा आज (असोज ५ गते) सम्म आवेदन दिन सकिन्छ। कम्पनीले भदौ ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरको आवेदन अवधि पहिले भदौ ३१ गतेसम्म थप गरेको थियो। तर, हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै अन्तिम म्याद असोज ५ गतेसम्म पुनः बढाइएको हो।
कम्पनीले हाल कायम एक कित्ता सेयर बराबर नयाँ एक कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो। यसअनुसार कुल ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको, प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर जारी गरिएको छ। यस प्रयोजनका लागि कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार असार २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीलाई मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। हकप्रदको रेटिङमा इक्रा नेपालले कम्पनीलाई “इक्राएनपी सिंगल बी” रेटिङ प्रदान गरेको छ, जसले उच्च जोखिम संकेत गर्दछ। लगानीकर्ताले बिक्री प्रबन्धक, तोकिएका शाखा तथा सि आस्बा सेवामार्फत ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया