विकास हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, क-कसले भर्न पाउने ?



Advertisement
Ads

विकास हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणको आईपीओमा आवेदन दिने आज, जेठ २० गते, अन्तिम दिन हो। कम्पनीले जेठ ६ गतेदेखि १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गरेको हो, जसमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त अनुसार कम्पनीले कुल ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको जारी पुँजीको ४९ प्रतिशत बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्काशन गर्दैछ। त्यसअनुसार, आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत अर्थात् ९ लाख ९ हजार १०१ कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि सार्वजनिक निष्काशनको १० प्रतिशतअनुसार ३ लाख ५४ हजार ५५० कित्ता सेयर छुट्याइएको छ।


Advertisement

स्थानीय सेयरमध्ये गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ र ५ का बासिन्दालाई ४० प्रतिशत र वडा नं. १, २, ३, ६ र ७ का बासिन्दालाई ६० प्रतिशत सेयर छुट्याइएको छ। स्थानीयले कम्पनीको गोरखास्थित कार्यालय, प्रभु क्यापिटलको काठमाडौं कार्यालय, हिमालयन बैंकको धार्चे शाखा तथा प्रभु बैंकको आरुघाट शाखाबाट, साथै क्यापिटलले निर्माण गरेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्बा सेवामार्फत ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। यस आइपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर