सानिगाड हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिन आज चैत २५ गते अन्तिम दिन रहेको छ। कम्पनीले आईपीओको अवधि २०८३ बैशाख ७ गतेसम्म लम्ब्याएको भए पनि मागभन्दा बढी आवेदन परेकाले आज बैंकिङ समयपछि निष्काशन बन्द गर्ने भएको छ।
कम्पनीले २८ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि जारी गरिएको हो।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिने सेयरमध्येको १८ लाख ५२ हजार ५०० कित्ता अति प्रभावित क्षेत्र, सुदूरपश्चिम प्रदेश, बझाङ जिल्ला, बुंगल नगरपालिका वडा नं १, २ र ४ का बासिन्दामा बाँडफाँड गरिनेछ। बाँकी ९ लाख ९७ हजार ५०० कित्ता सेयर बुंगल नगरपालिका वडा नं ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दामा वितरण गरिनेछ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
आईपीओको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई “इक्रएनपी इस्यूअर रेटिङ डबल बी माइनस” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
स्थानिय बासिन्दाले लक्ष्मी सनराइज बैंक, चैनपुर शाखा, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक, बझाङ शाखा कार्यालय वा पावर हाउस विरावगर, बुंगलबाट आवेदन दिन सक्नेछन्। सेयर खरिद दरखास्त फाराम प्राप्त गर्नका लागि आवेदनकर्ताले २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
















प्रतिकृया