रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २५ गते
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन जेठ २५ गते, आइतबार रहेको छ। कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ २६ गते बुक क्लोज गर्ने भएकोले, आजसम्म नेप्सेमा खरिद गरेर कायम भएका सेयरधनीहरुले मात्र साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सले असार २ गते बिहान ११ बजे, काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा साधारण सभा आयोजना गर्नेछ। उक्त सभामा हालको चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरणसम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ।

यसका अतिरिक्त, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने, नयाँ लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावहरू पनि पारित गर्ने कार्यक्रम रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स