घोराही सिमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज, कति दिँदैछ लाभांश ?
घोराही सिमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (मंसिर २५) रहेको छ। कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर २६ गतेदेखि बुक–क्लोज गर्ने निर्णय गरेकोले, आजसम्म नाम दर्ता भएका सेयरधनीले मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हालको चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारण सभाले अनुमोदन गरेपछि सो लाभांश सेयरधनीहरूलाई वितरण गरिने छ।
यस्तै, कम्पनीले आगामी पुस १४ गते साधारण सभा आह्वान गरेको छ।





