एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। बैंकले भोलि (असोज २४ गते) साधारण सभा र लाभांश वितरणका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार आजसम्म नेप्सेमा कारोबार गरी नाममा सेयर कायम गरेका सेयरधनीहरूले बैंकको आगामी साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले ३१औं वार्षिक साधारण सभा कात्तिक १२ गते (बुधबार) बिहान ११ बजे आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौंमा आयोजना गर्ने भएको छ।
सभामा हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नयाँ लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि सभामा पारित गरिनेछन्।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया