दुई कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १३ गते
दुई कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
AdvertisementAds

फरवार्ड माइक्रोफाइनान्स र सपोर्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (मंसिर १३) अन्तिम दिन हो। यी कम्पनीहरूले भोलि (मंसिर १४) वार्षिक साधारण सभा र लाभांश वितरणका लागि बुक क्लोज गर्दैछन्। आजसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र सभामा भाग लिने र लाभांश पाउने अधिकार पाउनेछन्।

फरवार्ड माइक्रोफाइनान्स

फरवार्डले हालको चुक्ता पूँजीबाट १३.३०% बोनस सेयर र ०.७०% नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। साधारण सभा मंसिर २८ गते, सुनसरीको दुहवीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभा हलमा बिहान ११ बजे हुनेछ।

साधारण सभामा मर्जरका लागि आवश्यक कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, र चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ।

सपोर्ट माइक्रोफाइनान्स

सपोर्टले हालको चुक्ता पूँजीबाट १३.७७५% बोनस सेयर र ०.७२५% नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। साधारण सभा पुस ६ गते, इटहरी-४ स्थित दुर्गा पार्टी प्यालेसमा बिहान ११ बजे हुनेछ।

सभामा अन्य लघुवित्तसँग मर्जरको तयारी, प्रबन्धपत्र र नियमावली संशोधन, कूल पूँजी वृद्धि, गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, र चालू वर्षका लागि लेखापरीक्षक नियुक्त गर्नेसम्बन्धी प्रस्तावहरू प्रस्तुत गरिनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स