सिटि होटल लिमिटेडको ८० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहको छ। हकप्रद सेयर निष्काशनका लागि कम्पनीले भोलि साउन २७ गते बुकक्लोज गर्दैछ। जस अनुसार, आज साउन २६ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद भर्न पाउनेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्न लागेको हो। यस अन्तर्गत, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरका १ करोड ३३ लाख ९२ हजार कित्ता सेयर जारी गरिनेछ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन ४ गते हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो। उक्त निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ।



















प्रतिकृया