प्रतिकित्ता १०० रुपैयाँमै एशियन लाइफ इन्स्योरेन्सको सेयर किन्ने आज अन्तिम दिन, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन ५ गते
प्रतिकित्ता १०० रुपैयाँमै एशियन लाइफ इन्स्योरेन्सको सेयर किन्ने आज अन्तिम दिन, कहाँबाट दिने आवेदन ?

एशियन लाइफ इन्स्योरेन्सले लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद सेयरमा आज (असोज ५ गते) सम्म बोलपत्र पेश गर्न सकिनेछ।

कम्पनीले गत असार २५ गतेदेखि साउन २० गतेसम्म १ बराबर ०.४२ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो। सो क्रममा बाँकी रहेका सेयरहरूलाई भदौ २२ गतेदेखि लिलामीमा ल्याइएको हो।

यसअन्तर्गत संस्थापक समूहतर्फ ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहतर्फ ३ लाख २८ हजार ४७३.९१ कित्ता सेयर बिक्रीमा राखिएको छ। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ भने लगानीकर्ताले सो वा सोभन्दा बढी अंकित मूल्यमा बोलपत्र पेस गर्नुपर्नेछ।

बोलपत्र पेश गर्दा संस्थापक समूहका लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहका लागि न्यूनतम १०० कित्तामा आवेदन दिनुपर्नेछ। अधिकतम संख्यामा भने कुनै सीमा तोकिएको छैन।

यस बिक्रीको निष्काशन तथा व्यवस्थापन मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ। लगानीकर्ताले बिक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा– ठिमी (भक्तपुर), कुमारीपाटी (ललितपुर), बिर्तामोड, विराटनगर, विरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा (पोखरा), बाग्लुङ्ग, बुटवल, घोराही (दाङ), नेपालगन्ज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगरबाट पनि बोलपत्र पेश गर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स