instainsta

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको लिलामी भर्ने आज अन्तिम दिन

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको लिलामी भर्ने आज अन्तिम दिन
AdvertisementAds

एनआइसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको १० लाख २ हजार ८८५ कित्ता सेयर लिलामी भर्ने आज (माघ ४ गते) अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यो सेयरमा आवेदन दिन सकिनेछ ।

एनआइसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स, सूर्योदय वोमी लघुवित्त, नागरिक लगानी कोषको सेयर लिलामी भर्ने आज अन्तिम दिन हो। पुस २५ गतेदेखि आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख ९३ हजार ८२५ कित्ता सेयर लिलामीमा ल्याएको थियो । यसमा लगानीकर्ताले न्यूनतम १५९ रुपैयाँ मूल्य राखेर आवेदन दिन सक्नेछन् । यस्तै, बैंकले सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता सेयर लिलामीमा ल्याएको छ । न्यूनतम २५३ रुपैयाँ मूल्य राखेर आवेदन दिन सक्नेछन् ।

त्यस्तै, बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम ७०३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

३ वटै कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लिलामीमा आवेदन दिन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स