दुई कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । सोपान फर्मास्युटिकल्स लिमिटेड र स्नो रिभर्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेका आईपीओमा आवेदन दिने आज चैत १२ गते अन्तिम दिन रहेको छ।
सोपान फर्मास्युटिकल्स लिमिटेडले चैत ९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २९ हजार कित्ता सेयर निष्काशन गरेको हो । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिन्छ । आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।
त्यस्तै, स्नो रिभर्स लिमिटेडले पनि चैत ९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९३ हजार ७ सय ५० कित्ता सेयर निष्काशन गरेको हो । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिन्छ । आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।



















प्रतिकृया