बुङ्गल हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

बुङ्गल हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

बुङ्गल हाइड्रो लिमिटेडले निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिन आज (भदौ १९) अन्तिम दिन रहेको छ। कम्पनीले भदौ १६ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले सर्वसाधारणका लागि कुल १७ लाख १ हजार ५ सय कित्ता सेयर निष्काशन गरेको छ। यसमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आईपीओ बिक्री व्यवस्थापनको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडलाई दिइएको छ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

सीडीएससीको तथ्यांकअनुसार साँझ बुधबार बेलुकासम्म बुङ्गल हाइड्रो लिमिटेडको आईपीओमा १८ लाख ९ हजार ८६४ जना आवेदकले आवेदन दिएका छन्। ती आवेदकहरूले जम्मा २ अर्ब ४१ करोड ६ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ४१ लाख ६ हजार ६६५ कित्ताका लागि आवेदन दिएका हुन्।

यो संख्या निष्काशन गरिएको सेयर संख्याको तुलनामा १४.१७ गुणा बढी हो।

Screenshot 2025 09 04 072558 https://bajarkochirfar.com/today-is-the-last-day-to-apply-for-bungal-hydros-ipo-how-many-applications-have-been-received-so-far | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स