भ्रष्टाचार रोक्न कांग्रेसले निर्देशिका जारी गर्दै आफ्ना जनप्रतिनिधिलाई भन्यो, आफ्नो मान्छे भर्ती नगर्नु

भ्रष्टाचार रोक्न कांग्रेसले निर्देशिका जारी गर्दै आफ्ना जनप्रतिनिधिलाई भन्यो, आफ्नो मान्छे भर्ती नगर्नु
AdvertisementAds

नेपाली कांग्रेसले भ्रष्टाचार नियन्त्रण गर्न र जनप्रतिनिधिको कार्यसम्पादन सुधार गर्न ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका-२०८१’ सार्वजनिक गरेको छ। पोखरामा आयोजित जिल्ला सभापति र प्रशिक्षण विभाग प्रमुखहरूको अभिमुखीकरण कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्माले यो निर्देशिका प्रस्तुत गरेका हुन्। कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले कार्यकालभरि जिम्मेवार, पारदर्शी, र जवाफदेही बनेर काम गर्न यो निर्देशिका तयार पारिएको हो। निर्देशिकामा परिवारवाद रोक्ने उद्देश्यले जनप्रतिनिधिहरूलाई आफ्नो निर्णयबाट परिवारका सदस्यलाई कुनै पनि लाभको पदमा नियुक्त नगर्न निर्देश गरिएको छ।

निर्देशिकामा जनप्रतिनिधिहरूलाई फजुल खर्च, भ्रष्टाचार, अनियमितता, र जवाफदेहीविहीनताको समस्या रोक्न विशेष सतर्कता अपनाउन भनिएको छ। कानुन अनुसार अनिवार्य सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था नियमित रूपमा पालना गर्न र तोकिएको समयमा विवरण सार्वजनिक गर्न पनि स्पष्ट निर्देशन दिइएको छ। जनप्रतिनिधिले शपथ लिएको मितिले एक महिनाभित्र आफ्नो क्षेत्राधिकार केन्द्रित कार्ययोजना सम्बन्धित कांग्रेस कार्यसमितिलाई जानकारी दिनुपर्ने प्रावधान राखिएको छ।

निर्देशिकाले बजेट विनियोजन गर्दा सामानुपातिकता सुनिश्चित गर्न, विकास निर्माणमा ढिलासुस्ती रोक्न, र बेरुजु नआउने गरी काम गर्न जनप्रतिनिधिहरूलाई सचेत गराएको छ।

साथै, जातीय विभेद, बालश्रम, र घरेलु हिंसा जस्ता सामाजिक विसंगतिहरू अन्त्य गर्न सक्रिय भूमिका निर्वाह गर्नुपर्ने पनि भनिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स