दुई कम्पनीको लाभांश सुरक्षित गर्ने मंसिर ४ गते अन्तिम दिन रहेको छ। साहस ऊर्जा लिमिटेड र सोल्टी होटल लिमिटेडले साधारणसभा तथा लाभांश वितरणका लागि मंसिर ५ गते बुक क्लोज गर्दैछन्। जस अनुसार, मंसिर ४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्न्नेछन्।
साहस ऊर्जा लिमिटेडले २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत नगद लाभांश गरि कुल २२.१०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले आफ्नो १२औं वार्षिक साधारणसभा मंसिर २४ गते (बुधबार) काठमाडौं–बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे बोलाएको छ। सभामा लाभांश वितरण गर्ने र लाभांश वितरणपछि कायम हुने चुक्ता पूँजीको १०० प्रतिशत (१:१ अनुपात) बराबर ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ।
सोल्टी होटल लिमिटेडले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १६.५७८९ प्रतिशत नगद लाभांश गरी कुल ३१.५७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले आफ्नो ५१ औँ वार्षिक साधारण सभा मंसिर २८ गते आइतबार, त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हल, टुँडिखेल, सुन्धारा, काठमाडौँमा बिहान १० बजे बोलाएको छ।



















प्रतिकृया