काठमाडौं। एआई टेलिफोनी सेवा प्रदायक टिङटिङले नेपालमै पहिलोपटक भर्चुअल माध्यमबाट प्रडक्ट लञ्च गर्दै प्रविधि क्षेत्रमा नयाँ युगको सुरुवात गरेको दाबी गरेको छ। ‘टिङटिङ नेक्स्ट’ नाम दिइएको उक्त भर्चुअल इभेन्टमार्फत कम्पनीले चारवटा नयाँ एआई प्रडक्ट सार्वजनिक गरेको हो।
टिङटिङले सार्वजनिक गरेका प्रडक्टहरूमा टिङटिङ भ्वाइस, टिङटिङ टेक्स्ट, टिङटिङ फर्म्स र टिङटिङ एजेन्ट्स रहेका छन्। कम्पनीका अनुसार यी प्रडक्टहरूले ग्राहक अनुभवलाई पूर्ण रूपमा रूपान्तरण गर्ने लक्ष्य राखेका छन्।
कम्पनीले केवल नयाँ सञ्चार उपकरणहरू मात्र सार्वजनिक नगरी समग्र नेपाली प्रविधि इकोसिस्टमका लागि नयाँ मानक स्थापित गरेको जनाएको छ। व्यवसाय विस्तारसँगै ग्राहक र कम्पनीबीचको आत्मीय सम्बन्ध कमजोर बन्दै गएको र संवाद केवल डाटामा सीमित हुँदै गएको समस्यालाई समाधान गर्न टिङटिङको अवधारणा अघि आएको कम्पनीको भनाइ छ।
“आधुनिक व्यवसायको सबैभन्दा ठूलो चुनौती सञ्चार होइन, ग्राहकको कुरा बुझ्नु हो,” टिङटिङले जनाएको छ।
अधिकांश प्रविधिहरू कम्पनीले कसरी बोल्छ भन्नेमा केन्द्रित हुँदा टिङटिङले भने कम्पनीले ग्राहकलाई कसरी बुझ्छ भन्ने कुरालाई केन्द्रमा राखेर आफ्ना प्रणाली विकास गरेको बताइएको छ। यस लञ्चले साधारण स्वचालित प्रणालीबाट ‘ह्युमन–एआई एम्प्लिफिकेशन’तर्फको यात्रालाई संकेत गर्ने कम्पनीको दाबी छ, जहाँ कुनै पनि ग्राहकको आवाज डाटाको भीडमा हराउने छैन।
टिङटिङले एआई प्रविधिको प्रयोग गरी नेपालमै विश्वस्तरीय प्रडक्ट निर्माण गर्नु प्रविधि क्षेत्रमा ठूलो फड्को भएको जनाएको छ। अर्बौंको स्केलमा चल्न सक्ने डिस्ट्रीब्युटेड आर्किटेक्चर, उच्च सुरक्षा मापदण्ड, सेल्फ–हिलिङ क्षमता र उच्च स्केलेबिलिटीसहितको प्लेटफर्ममार्फत नेपालमै भरपर्दो एआई प्रविधि निर्माण सम्भव रहेको प्रमाणित गरेको कम्पनीको बुझाइ छ।
यसले नेपालमा एआई–फर्स्ट स्टार्टअपहरूका लागि बलियो आधार तयार गरेको पनि टिङटिङले जनाएको छ। कम्पनीले यो ऐतिहासिक लञ्चसँगै नेपाली व्यवसायहरूलाई साधारण लेनदेनभन्दा माथि उठेर दक्षता र सहानुभूतिसहितको भविष्य अंगाल्न आह्वान गरेको छ।
चार प्रडक्ट र विशेषता
टिङटिङ भ्वाइस
यस प्रणालीको मुख्य भाग ‘रिरी’ नामको टेक्स्ट–टु–स्पीच इन्जिन हो, जुन नेपालमै तयार गरिएको हो। यसले नेपाली भाषा, लवज र भाव बुझेर बोल्छ। आवाज रोबोटजस्तो वा विदेशी शैलीको नभई स्वाभाविक नेपाली जस्तै सुनिन्छ।
टिङटिङ टेक्स्ट
नेपालकै ठूलो एसएमएस प्रणालीसँग जोडिएको यस सेवाले सूचना, सेवा अपडेट र जानकारीहरू छिटो र भरपर्दो रूपमा धेरै प्रयोगकर्तासम्म पुर्याउँछ।
टिङटिङ फर्म्स
यसले ग्राहकको प्रतिक्रिया लिने तरिका सजिलो बनाएको छ। प्रयोगकर्ताले फारम भर्नु नपरी आवाजमै आफ्नो कुरा भन्न सक्छन्। बोलेको कुरा एआईले तुरुन्तै डाटामा बदलिदिने भएकाले झन्झट कम हुने कम्पनीले जनाएको छ।
टिङटिङ एजेन्ट्स
यो प्रणालीले ‘सपोर्टका लागि १ थिच्नुहोस्’ जस्ता पुराना मेनु हटाएर सिधै कुराकानी गर्न मिल्ने बनाउँछ। नेपाली भाषा, लवज र भावना बुझेर छिटो जवाफ दिन सक्ने भएकाले ग्राहक सेवा अझ राम्रो हुने बताइएको छ।
टिङटिङबारे
टिङटिङ नेपालकै अग्रणी एआई सञ्चार प्लेटफर्म हो। नेपालमै जन्मिएको र विश्वका लागि निर्माण गरिएको यस प्लेटफर्मले आफ्नै एआई भ्वाइस इन्जिन र अत्याधुनिक प्रविधि संरचनामार्फत व्यवसायहरूलाई आफ्ना ग्राहकलाई अझ गहिरो रूपमा बुझ्न सशक्त बनाउने लक्ष्य राखेको छ।
















प्रतिकृया