तीन ब्रोकरलाई १ करोड १० लाख जरिवाना, के गल्ती गरे उनीहरूले?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २८ गते
तीन ब्रोकरलाई १ करोड १० लाख जरिवाना, के गल्ती गरे उनीहरूले?

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानून उल्लंघन गरेको ठहर गर्दै तीन वटा ब्रोकर कम्पनीलाई आर्थिक जरिवाना सहित कारबाही गरेको छ।

सेबोनका अनुसार सिप्ला सेक्यूरिटिज लाई ५० लाख रुपैयाँ, श्रीकृष्ण सेक्यूरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेज लाई ३०/३० लाख रुपैयाँ जरिवाना गरिएको हो।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन अनुसार ग्राहकको पहिचान (KYC) गर्दा सही विवरण तथा त्यसको पुष्टि भरपर्दो स्रोतबाट प्राप्त कागजात, तथ्यांक वा जानकारीका आधारमा गर्नुपर्ने व्यवस्था छ।

तर, ती ब्रोकर कम्पनीहरूले ग्राहकको खाता खोल्ने क्रममा आवश्यक पहिचान तथा प्रमाणीकरण प्रक्रिया पूर्ण रूपमा पालना नगरेको पाइएको भन्दै सेबोनले जरिवानासहित कारबाही गरेको हो।

645249112 1458900062574284 5681287419365527702 n https://bajarkochirfar.com/three-brokers-fined-rs-11-million-what-mistake-did-they-make | %tags

646501777 26393982096908373 5302455826372890998 n https://bajarkochirfar.com/three-brokers-fined-rs-11-million-what-mistake-did-they-make | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स