SHAREHUB SHAREHUB

मलाई डगमगाउन खोज्नेहरू आफैँ डराएका छन्; भ्रष्टाचारविरुद्धको कारबाही रोकिँदैन: गृहमन्त्री गुरुङ

Advertisement Ads
मलाई डगमगाउन खोज्नेहरू आफैँ डराएका छन्; भ्रष्टाचारविरुद्धको कारबाही रोकिँदैन: गृहमन्त्री गुरुङ
Advertisement Ads

गृहमन्त्री सुधन गुरुङले आफूविरुद्ध मिडिया ट्रायल र प्रायोजित हल्ला चलाइएको दाबी गरेका छन्।

गएराति सामाजिक सञ्जालमार्फत उनले राष्ट्रको ढुकुटीमा रगत–पसिना साटेर आर्जिएको पैसामाथि नजर लगाउनेहरू अहिले डराएको र सोही कारण आफ्नो विरुद्ध योजनाबद्ध रूपमा हल्ला फैलाइएको बताएका हुन्।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गुरुङको व्यवसायिक साझेदारी रहेको आरोप सार्वजनिक भएको छ। साथै, जेनजी आन्दोलनपछि उनले ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरी त्यसलाई सम्पत्ति विवरणमा उल्लेख नगरेको समाचार पनि बाहिरिएका छन्।

यस विषयलाई लिएर नेपाली कांग्रेस ले गृहमन्त्री गुरुङको राजीनामा माग गरेको छ। कांग्रेसले उनीमाथि निष्पक्ष छानबिन गर्न सरकारसँग आग्रहसमेत गरेको छ।

आफूविरुद्धका आरोपहरू आफ्नो कामबाट डराएका समूहहरूको प्रतिक्रिया भएको दाबी गर्दै गुरुङले यस्तो हल्लाबाट आफू नडगमगाउने र भ्रष्टाचारविरुद्धको कारबाही निरन्तर रहने बताएका छन्।

Advertisement Ads

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत–पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्। मिडिया ट्रायल र प्रायोजित हल्ला त केवल उनीहरूको छटपटी मात्र हो। कारबाही रोकिँदैन, डगमगाइँदैन।”

यसअघि सोमबार पनि उनले सामाजिक सञ्जालमार्फत लामो स्पष्टीकरण दिँदै आफूविरुद्ध लागेका आरोपबारे अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए।

Screenshot 2026 04 21 080743 https://bajarkochirfar.com/those-who-are-trying-to-sway-me-are-themselves-afraid-action-against-corruption-will-not-stop-home-minister-gurung | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स