यसकारण घट्यो नबिल बैंकको नाफा, अन्य सूचक कस्ता ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २० गते
यसकारण घट्यो नबिल बैंकको नाफा, अन्य सूचक कस्ता ?

नबिल बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा १४.५६ प्रतिशतले घटेर १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

ब्याज आम्दानी घट्नु र सञ्चालन मुनाफामा गिरावट आएका कारण बैंकको नाफा घट्न पुगेको हो।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

पहिलो त्रैमासमा नबिल बैंकको खुद ब्याज आम्दानी ५.७७ प्रतिशतले घटेर ३ अर्ब ९० करोड १२ लाख रुपैयाँमा आएको छ भने सञ्चालन मुनाफा १०.८४ प्रतिशतले घटेर २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको खराब कर्जा अनुपात ०.०७ प्रतिशतबिन्दुले बढेर ४.३ प्रतिशतमा पुगेको छ।

समीक्षा अवधिमा नबिल बैंकले ५ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म निक्षेप ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ र कर्जा ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो।

बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ र रिजर्भ कोषमा ३२ अर्ब ४३ करोड ९८ लाख रुपैयाँ सञ्चित छ। यस्तै, नाफाका आधारमा वार्षिक लाभांश क्षमता ३०.१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा ४ अर्ब ९८ करोड रुपैयाँ र वार्षिक लाभांश क्षमता २०.९६ प्रतिशत थियॊ।

नबिल बैंकको प्रतिसेयर आम्दानी ४.३४ रुपैयाँले घटेर २५.४९ रुपैयाँमा सीमित भएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ २४०.७२ रुपैयाँ र पीई रेसियो १९.९७ गुणा रहेको छ।

NABIL 1 https://bajarkochirfar.com/this-is-why-nabil-banks-profit-decreased-what-are-the-other-indicators | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स