यसकारण घट्यो कालिका पावरको नाफा

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २५ गते
यसकारण घट्यो कालिका पावरको नाफा
Advertisement Ads

कालिका पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा १.६२ प्रतिशतले घटेर ४ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

विद्युत बिक्री आम्दानीमा गिरावट आएको कारण कम्पनीको नाफामा सामान्य गिरावट आएको हो। समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीमार्फत ६ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ६ करोड ३३ लाख रुपैयाँ थियो। साथै, कम्पनीले ३ लाख २४ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ जुन गत वर्ष २ लाख ६ हजार थियो।

कम्पनीको प्रशासनिक खर्च ११.२१ प्रतिशतले घटेर १८ लाख ४४ हजार रुपैयाँमा सिमित भएको छ भने वित्त खर्च ६६.९६ प्रतिशतले घटेर ११ लाख १५ हजार रुपैयाँमा सिमित भएको छ। यस अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति १५ करोड ५६ लाख रुपैयाँ र कुल चालु दायित्व ६५ लाख २९ हजार रुपैयाँ रहेको छ।

Advertisement Ads

कम्पनीको रिटेन्ड अर्निङ १७ करोड ११ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १४ करोड २८ लाख रुपैयाँ मात्र थियो।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ११ पैसाबाट घटेर १९ रुपैयाँ ४० पैसामा आएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ३३ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२३ रुपैयाँ ८८ पैसा, तरलता अनुपात २३.८४ प्रतिशत र मूल्य आम्दानी अनुपात २७.७२ गुणा रहेको छ।

KPCL 1 https://bajarkochirfar.com/this-is-why-kalika-powers-profit-decreased | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स