‘नेपालको बजारमा अर्को स्टक एक्स्चेन्ज आवश्यक छैन’: अर्थमन्त्री खनाल

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ९ गते
‘नेपालको बजारमा अर्को स्टक एक्स्चेन्ज आवश्यक छैन’: अर्थमन्त्री खनाल

अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले नेपालमा दोस्रो स्टक एक्स्चेन्ज खोल्नुपर्ने कुनै आवश्यकता नभएको बताएका छन्। अनलाइनखबरसँग कुरा गर्दै उनले नेपालको सेयर बजारको आकार, कारोबारको प्रकृति र वर्तमान संरचना हेर्दा नयाँ स्टक एक्स्चेन्ज खोल्नु उपयुक्त नदेखिएको बताए।

खनालका अनुसार, सरकार नयाँ स्टक एक्स्चेन्ज ल्याउने सोचमै नरहेकाले नेप्से पुनर्संरचना प्रक्रिया अघि बढाइएको हो। केही समयदेखि निजी क्षेत्रले पनि नयाँ स्टक एक्स्चेन्जको लागि प्रयास गरिरहेको थियो, तर राजनीतिक दलहरूभित्रै मतभेद देखिँदा र विभिन्न विवाद उठेपछि त्यो प्रक्रिया अघि बढ्न सकेको थिएन।

उनले भने, ‘अहिले विश्वभर स्टक एक्स्चेन्जहरू मर्ज हुँदै गएका छन्। यस्तो अवस्थामा अर्को स्टक एक्स्चेन्ज थप्दा उल्टै विकृति बढ्ने खतरा हुन्छ।’

खनालले नेप्सेको पुनर्संरचना धेरै वर्षदेखि उठ्दै आएको विषय भएकाले यसपटक गम्भीर रूपमा अघि बढाइएको बताए। यही कारण सरकारले नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको नेतृत्वमा अध्ययन समिति गठन गरेको छ। समितिले नेप्सेको स्वामित्व संरचना कस्तो बनाउने, सरकार र राष्ट्र बैंकको सेयर कसरी विनिवेश गर्ने, कस्ता संस्थालाई सेयर दिन मिल्ने जस्ता विषयमा ठोस सुझाव दिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स